शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीको अत्तरियाबाट बाजुरा आउदै गरेको बस डोटीमा दुर्घटना

कैलालीको अत्तरियाबाट बाजुरा आउदै गरेको बस डोटीमा दुर्घटना

  • बिहिबार, बैशाख २९, २०७९
कैलालीको अत्तरियाबाट बाजुरा आउदै गरेको बस डोटीमा दुर्घटना

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुदा ३० जना घाईते भएका छन् ।  बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ।

सानागाँउ प्रहरी चाैकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डाटीले जानकारी दिएकाे छ । बस सडक बाट करिब ३० देखी ४० मिटर तल खसेकाे छ ।

घाइतेहरू मध्य सामान्य घाइतेकाे स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेकाे र अन्य घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याउने कार्य भइरहेको डाेटीका प्रहरी नायव उपरीक्षक ( डिएसपी) भाेला भट्टले बताए। घटनाबारे थप अनुसन्धान भैरहेकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन् उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ।

 

चर्चामा

सम्बन्धित समाचार