शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा मतदाता परिचयपत्र चोरी आरोपमा एक युवक पक्राउ

बाजुरामा मतदाता परिचयपत्र चोरी आरोपमा एक युवक पक्राउ

  • बुधबार, बैशाख २८, २०७९
बाजुरामा मतदाता परिचयपत्र चोरी आरोपमा एक युवक पक्राउ

बाजुरा — बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत नरेन्द्र भट्टले बताए ।

कर्मचारीले थाहा पाएपछि तत्काल प्रहरीले थापालाई पक्राउ गरी २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चतुर्भूज ओझाले बताए । थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार