बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

  • सोमवार, बैशाख २६, २०७९
बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

यही वैशाख २५ गते सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । मादक पदार्थ सेवन गरेर हिँड्ने क्रममा लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार