बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बाजुराका अलपत्र दुइ भाइबहिनीको उद्धार

बाजुराका अलपत्र दुइ भाइबहिनीको उद्धार

  • सोमवार, बैशाख २६, २०७९
बाजुराका अलपत्र दुइ भाइबहिनीको उद्धार

बाजुरा — बुढिनन्दा नगरपालिका १ पिपलडालीका अलपत्र दुई भाइबहिनीको काठमाडौ रहेको एक गैरसरकारी संस्थाले उद्धार गरेको छ । दुई भाइबहिनी बुवा र आमाले अर्को बिहे गरेपछि साहारा बिहिनको समचार बडिमालिका खबरमा समचार प्रकाशित पछि दुइ भाइबहिनीको उद्धार भएको हो ।
समचार प्रकाशित भएपछि “बालवालिका तथा युवा प्रथम” नामक गैर सरकारी संस्थाले शिक्षादिक्षा र पालनपोषण गर्ने गरि बच्चालाई उद्धार गरेको संस्थाका निर्देशक हौसला थापाले वताईन् । समाचारमा बुढा बाजे बज्यैको साहारामा दुइ भाइबहिनी अलपत्र परेको जानकारी पाएपछि ललितपुरको गोदावारी नगरपालिका २ मा रहेको संस्थामा ल्याएको थापाले वताईन् ।
बुवा हर्क लुवारले पनि अर्को बिहे गरेका छन्, भने आमा रिठु लुवार अर्कै संग बिबाह गरि पछि ७ बर्षिया दिपिका लुवार र ४ बर्षका पुष्प लुवार साहारा बिहिन बनेको समचारमा प्रकाशित भएको थियो । ंउनिहरु बाजे जंगबिर ल्वार र बज्यै धिरु लुवार बुढा भएकोले उनलाई पालन पोषणमा समेत समस्या भएको उनका छिमेकी मनबिर बिकले बताएका थिए । हलिया परिवारका उनिहरुको गास बासको समेत टुङुगो नभएको धिरु बिकले बताइन । बिहान खाए बेलुका के खाने बिहान खाए बेलुका के खाने भन्ने चिन्ता भएकोले नाबालकहरुलाई बिद्यालय पठाउन नसकेको धिरुले बताईन ।
मागेर वा दैनिक ज्यालादारी को रुपमा काम गरि जिबिको पार्जन गरिरहेका उनिहरुको लागि दैनिक खानाकै लागि पनि सम्भव नभएको धिरु ल्वारले बताएकी छन । उमेरले पनि ६५ बर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन् न कसैको घरबाट मागेर ल्याउन नै सक्छन । उमेर भए त काम गरेरै भएपनि अर्काको घरमा गएर हलो जोतेर भए पनि सक्थे तर अहिले कुनै सम्भावना नरहेको जंगबिरले दुख ब्यक्त गरेका थिए । संस्थाले उद्धार गरेपछि नाति र नातिको भबिष्य राम्रो हुने उनले वताए ।
दुबै बुढाबुढी लठ्ठीको सहारामा हिडंडुल गर्छन् । उनिहरुको उमेर ढल्केको भए पनि नाबालक नानीहरुको साहाराका लागि उनिहरु हार गुहार गरिरहेका छन । नाबालक नाती र नातिनीको भबिस्य खोज्दै गाउँ चाहारेका भए पनि उनिहरुको साहार नपाएको दुखेसो गरिरहेका छन । हर्क लुवार पनि अर्को बिहे गरेपछि सम्पर्क बिहिन बनेको स्थानियले वताएका छन् ।
बालवालिका तथा युवा प्रथम नामक गैरसरकारी संस्थाल २०६६ सालमा स्थापना भएको थियो । संस्थाले अभिभावक बिहिन, असहाय, अशक्त, शिक्षाबाट बञ्चित, अवसर बिहिनलाई सहयोग गर्दै आएको छ । संस्थाले बडिमाललिका ६ जडाङ्गा बस्ने १६ बर्षिय मनदेवी कुमारी बडुवाललाई शैक्षिक छात्रबृत्ति सहयोग गरिरहेको छ । सदरमुकाम मार्तडीमा रहेको मालिका माबिमा कक्षा ११ मा अध्यनरत मनदेवीको बिद्यालयको शुल्क तथा अन्य सहयोग गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार