शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • जयपृथ्वी नगरलाई सुशासन सहितको समृद्ध र सुन्दर नगर बनाउछु-सुरत बहादुर सिंह

जयपृथ्वी नगरलाई सुशासन सहितको समृद्ध र सुन्दर नगर बनाउछु-सुरत बहादुर सिंह

  • सोमवार, बैशाख २६, २०७९
जयपृथ्वी नगरलाई सुशासन सहितको समृद्ध र सुन्दर नगर बनाउछु-सुरत बहादुर सिंह

अर्थ जङ शाही/बझाङ — बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा बझाङमा रहेको जयपृथ्वी नगरपालिकाको नेकपा एमाले केन्द्रबाट मेयर पदका उम्मेदवार सुरत बहादुर सिंह यति बेला चर्चामा रहेका छन्। उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो।

जयपृथ्वी नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन्।

जयपृथ्वीको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी जयपृथ्वी नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी जयपृथ्वी नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कहिले पछुतो हुन नदिने सिंह बताउँछन् ।

उनी राजनीतिलाई सेवाको रुपमा लिन्छन् र भन्छन् म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ । उनले आफुले गर्ने कामलाई मुख्य रुपमा आठ कुरालाई उठाएको छन् । समावेशिता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध र सुन्दर जयपृथ्वी नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, नदीहरुको सफाई, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरुलाई संस्थागत गरी शान्ति र सुरक्षाकी लागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु लागु गर्ने रहेका छन्।

साथै सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक र मौलिक शहरको रुपमा परिचित गराउने सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्ने । सांस्कृतिक पर्यटनको विकासलाई प्राथामिकतामा राखि काम गर्ने छन्।

त्यसका साथै सुशासनको प्रत्याभुति दिलाउने पारदर्शीता, कानुनको पालना, शिध्र प्रतिक्रिया, सहमति, समावेशीकरण, स्रोत र साधानको सदुपयोग, उत्तरदायित्व, सहभागीताको सिद्धान्तलाई आत्मासात गरी कार्य गर्ने रहेका छन्। त्यसैगरी सुचना हक स्थापित गराउने। सुचनाको हक नागरिकको मौलिक अधिकार भएकोले नगरका सबै गतिविधिमा सुचनाको पहुँच पुर्याउने, जेष्ठ नागरिक, युवा र बालबालिका तिन पुस्ताको खुशीको लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने रहेका छन्।

जयपृथ्वी नगरलाई इमान्दारिताका साथ नमुना नगर बनाउन आफु प्रतिबद्ध रहेका बताए। उनी भन्छन्– अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु।

चर्चामा

सम्बन्धित समाचार