शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • मतदानको दिन सवारी पास लिएका सवारी साधन मात्र चल्न पाउने

मतदानको दिन सवारी पास लिएका सवारी साधन मात्र चल्न पाउने

  • सोमवार, बैशाख २६, २०७९
मतदानको दिन सवारी पास लिएका सवारी साधन मात्र चल्न पाउने

बाजुरा —  स्थानीय तह निर्वाचनको मतदानको दिन वैशाख ३० गते सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र चल्न पाउने भएका छन् । पत्रकारहरुले सम्बन्धित सञ्चारमाध्यमको परिचयपत्र सहित सवारी (पास) पाउने जिल्ला निर्बाचन कार्यालय बाजुराका प्रमुख नवराज अबस्थीले बताए ।
मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसारपसार गर्न पाइँदैन । तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु भने गुडाउन पाइन्छ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई भने मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइन्छ ।
शारीरिक रूपमा अशक्त व्यक्तिहरुका लागि मतदान स्थलसम्म आउ-जाउ गर्न पनि अनुमति प्राप्त सवारीसाधन प्रयोग गर्नुपर्छ । त्यसरी आउ-जाउ गर्दा अशक्त व्यक्तिको साथमा आफ्नै परिवारको एकजना सदस्य रहन पाउँछ ।
अत्यावश्यक सेवाका एम्बुलेन्स, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल, विद्युत् तथा नीलो नम्बर प्लेट प्रयोग भएको कूटनीतिज्ञहरुको गाडीहरुलाई भने सवारी पासको अनुमति लिनुपर्दैन । तर विदेशी नम्बर प्लेटका कुनै पनि सवारीसाधन प्रयोग गर्न पाइँदैन ।

चर्चामा

सम्बन्धित समाचार