बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • समाजवदीका सचिब रावतलाइ काँग्रेस कार्यकर्ताले यसरी हाने चक्कु (भिडियो सहित )

समाजवदीका सचिब रावतलाइ काँग्रेस कार्यकर्ताले यसरी हाने चक्कु (भिडियो सहित )

  • शनिबार, बैशाख २४, २०७९
समाजवदीका सचिब रावतलाइ काँग्रेस कार्यकर्ताले यसरी हाने चक्कु (भिडियो सहित )

बाजुरा — नेकपा एकिकृत समाजवादीका जिल्ला सचिब पुर बहादुर रावतलाई काँग्रेस कार्यकर्ताले तिन ठाउँमा चक्कु प्रहार गरेका छन् । रावतको बाँया हाताको पाखुरामा दुइवटा ठाउँमा र हातको पञ्जामा गरेर तिन ठाउँमा चक्कु प्रहार भएको छ ।
पाखुराको चक्कुप्रहार बाट कपडा समेत बाहिर बाट छिन्टीएर लामो घाउ परेको छ । रावत माथि चक्कु प्रहार गर्ने काँग्रेसका दुईजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लगेको छ । बुढिनन्दा नगरपालिका वडा न ९ पाण्डुसैनमा शुक्रवार दिउसो काँग्रेस कार्यकर्ताद्धारा सचिब पुर बहादुर रावत र वडानम्बर ९ का समाजवादीको तर्फ बाट वडाअध्यक्षका उम्मेदवार खड्क बोहोरा माथि चक्कु प्रहार भएको थियो ।
प्रक्राउ पर्ने काँग्रेस कार्यकर्ता वडा नम्बर ७ घर भएका केशब कार्की र वडा नम्बर ९ का नरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । घाइते रावत र बोहोराको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । रावतको पाखुरा र हातमा चक्कु प्रहार भएको छ भने बोहोराको टाउको चोट लागेको छ ।
सचिब रावतले भने योजनाबद्ध आफु माथि प्रहार भएको आफुलाइ मार्ने योजना नै रहेको वताए । प्रहरी चौकीमा संरक्षण आफु भएपनि काँग्रेस कार्यकर्ताले प्रहरी चौकी माथिनै आक्रमण गरेको वताए ।
पाण्डुसेन दिनभर तानबग्रस्त बनेको छ । प्रहरी स्थिति नियन्त्रणमा लिनका लागि १६ राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले वताए । प्रक्राउ परेका माथि छानबिन गरे गर्ने प्रहरीले जनाएको छ ।
दिउसो नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ । सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । सामाजवादीका कार्यकर्ता चौकि भित्र रहेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी चौकि माथिनै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।
झडपमा १६ जना प्रहरी सहित समाजवादीका जिल्ला सचिब पुर बहादुर रावत, खडक बोहोरा, घाइते भएका छन् । काँग्रेस दुईजना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार