बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • पाण्डुसैन घटना नियन्त्रण बाहिर, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखको टोली घटना स्थलतिर

पाण्डुसैन घटना नियन्त्रण बाहिर, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखको टोली घटना स्थलतिर

  • शुक्रबार, बैशाख २३, २०७९
पाण्डुसैन घटना नियन्त्रण बाहिर, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखको टोली घटना स्थलतिर
फाइल तस्विर

बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ पाण्डुसैनमा भएको झडपलाई नियन्त्रण हुन नसक्दा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली घटना स्थलतिर गएको छ ।

दिनभरी तनावग्रस्त बन्दै गएको पाण्डुसैनमा थप सुरक्षा सहित प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल सहित सुरक्षा निकायका प्रमुख सहित घटना स्थलतिर गएको प्रहरीले जनाएको छ ।

नेकपा एकिकृत समाजबादी पार्टी र नेपाली काँग्रेस बिच भएको झडपमा १६ जना प्रहरी ४ जना अन्य गरि २० जना घाइते भएका छन् । १६ राउण्ड हावाई फाईर चलाउदा समेत स्थिती नियन्त्रण हुन नसक्दा सुरक्षा निकायका प्रमुख सहितको टोली घटना स्थलतिर गएको प्रहरीको भनाई रहेको छ ।

काँग्रेस कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

त्यस्तै नेकपा समाजवादीका जिल्ला सचिव पुर बहादुर रावत सहति २ जना र काँग्रेसका २ जना कार्यक्रता घाइते भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार