शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • नेकपा एस बाजुराका जिल्ला सचिव रावतमाथी काँग्रेस कार्यक्रताद्धारा चक्कु प्रहार

नेकपा एस बाजुराका जिल्ला सचिव रावतमाथी काँग्रेस कार्यक्रताद्धारा चक्कु प्रहार

  • शुक्रबार, बैशाख २३, २०७९
नेकपा एस बाजुराका जिल्ला सचिव रावतमाथी काँग्रेस कार्यक्रताद्धारा चक्कु प्रहार

बाजुरा — नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव पुर बहादुर रावतलाई नेपाली काँग्रेकाका कार्यक्रताले चक्कु प्रहार गरेका छन । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा भएको नेकपा एकिकृत समाजबादी पार्टी र नेपाली काँग्रेसका कार्यक्रता बिच झडप हुदा चक्कु प्रहार गरि घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनलाइ चक्कु प्रहार पछी घाइते भएकाे प्रहरीकाे भनाइ रहेकाे छ ।  बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप हुदा नेता रावत घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षिक बिन्द्र बोगटीले जानकारी दिएका छन ।
एकिकृत समाजबादीका कार्यक्राताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोराे झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बोगटीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार