बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पाण्डुसैन तनावग्रस्त प्रहरी चलायो १४ राउन्ड गोलि

पाण्डुसैन तनावग्रस्त प्रहरी चलायो १४ राउन्ड गोलि

काँग्रेस कार्यकर्ता द्धारा प्रहरी चौकी माथि आक्रमण

  • शुक्रबार, बैशाख २३, २०७९
पाण्डुसैन तनावग्रस्त प्रहरी चलायो १४ राउन्ड गोलि

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका वडा न ९ पाण्डुसेनमा दिनभर तानबग्रस्त बनेको छ । प्रहरी स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले वताए ।
दिउसो नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ । सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । सामाजवादीका कार्यकर्ता चौकि भित्र रहेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी चौकि माथिनै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।
प्रहरीले स्थिती नियन्त्रण लिनका लागि १४ राउन्ड गोलि चलाएको छ, अझै स्थिति नियन्त्रण भन्दा बाहीर रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना पाण्डुसेन प्रहरी चौकिमा तथा घटानस्थल भएको ठाउँमा पुगेको छ । प्रहरी प्रमुख चर्तुभुज ओझाले भने काँग्रेसले गाउँगाउँ बाट मान्छे बोलाइरहेका छन्, स्थिति निकै तनावग्रस्त रहेको छ ।
एकिकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।
एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न खोज्दा प्रहरीले हवाई फाईर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिएका छन । झडपमा प्रहरी समाजवादीका नेता पुर बहादुर रावत, खडक बोहोरा, घाइते भएका छन् । प्रहरी १६ जना घाइते भएका छन्, भने २ जना काँग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अहिले पनि तनाब्र गस्त स्थितीमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार