• होमपेज
  • समाज
  • बाजुरा : समाजबादी पार्टीका कार्यक्रता प्रहरीको संरक्षणमा, काँग्रेसद्धारा प्रहरी चौकी घेराउ

बाजुरा : समाजबादी पार्टीका कार्यक्रता प्रहरीको संरक्षणमा, काँग्रेसद्धारा प्रहरी चौकी घेराउ

स्थिति तनावग्रस्त

  • शुक्रबार, बैशाख २३, २०७९
बाजुरा : समाजबादी पार्टीका कार्यक्रता प्रहरीको संरक्षणमा, काँग्रेसद्धारा प्रहरी चौकी घेराउ

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ । समाजबादीका कार्यक्रताहरुहरु प्रहरीको संरक्षणमा रहेका छन । यता प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी चौकी घेराउ गरेको जनाएको छ ।

प्रहरी चौकी नजिक तनावग्रस्त हुदा प्रहरीले एक राउण्ड हावाई फाईर समेत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एकिकृत समाजबादीका कार्यक्राताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिएका छन । सो झडपमा एक जना प्रहरी समेत घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार