शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • यो हो संसारकै लामो कार, जसमा छ स्विमिङ पुलदेखि हेलिप्याडसम्म

यो हो संसारकै लामो कार, जसमा छ स्विमिङ पुलदेखि हेलिप्याडसम्म

  • बिहिबार, बैशाख २२, २०७९
यो हो संसारकै लामो कार, जसमा छ स्विमिङ पुलदेखि हेलिप्याडसम्म

यदि तपाईं कारको शौखिन हो वा कारका विषयमा रुचि राख्नुहुन्छ भन्ने कुनैदिन अवश्य पनि सोंच्नुभएको होला कि संसारको सबैभन्दा ठूलो वा लामो कार कुन हो भनेर । संसारको सबैभन्दा लामो कार कस्तो देखिएला ? यसमा कतिजना मानिस बस्न सक्दछन् होला तथा त्यो कारमा कस्ता–कस्ता सुविधा हुन्छन् होला ? भन्ने जिज्ञासा पनि अवश्य हुन्छ ।

वास्तवमा संसारको सबैभन्दा लामो कार तपाईंको कल्पनाभन्दा पनि झनै भव्य तथा अनौठो छ । यो कारमा स्विमिङ पुल तथा हेलिप्याड समेत छ ।

संसारको सबैभन्दा लामो यो कार बनाउनका लागि एक, दुई होइन पूरै १२ वर्ष लागेको थियो । संसारको सबैभन्दा लामो यो कारको नाम ‘अमेरिकन ड्रिम’ हो । यो निकै पुरानो कार हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले यसलाई संसारको सबैभन्दा लामो कारको रुपमा सन् १९८६ मा दर्ज गरेको थियो ।

अमेरिकन ड्रिम कारको लम्बाई १ सय फिट छ । टाढाबाट हेर्दा यो कार कुनै टायवाला रेलजस्तो देखिन्छ । यो कार आफ्नो लम्बाइसँगै विभिन्न लग्जरी फिचर्सका कारण पनि चर्चामा रह्यो । कारको माथि एउटा निजी हेलिप्याड, मिनी गल्फ कोर्स तथा स्विमिङ पुल छन् । कारभित्र बाथटब, टिभीहरु, फ्रिज, टेलिफोन जस्ता सुविधाहरु समेत छन् । ७० सिट क्षमताको यो कारमा २६ वटा पांग्रा छन् । कारको दुबैतर्फ ख्ड इन्जिन रहेका छन् ।

यो कारलाई कुनै गाडी निर्माता कम्पनीले बनाएको होइन । जे ओहरबर्गले यो कारको डिजाइन गरेका थिए । उनी वास्तवमा कारका शौखिन थिए । यो कार तयार गर्न ओहरबर्गलाई करीब १२ वर्ष लागेको थियो । मुख्यरुपमा फिल्महरुमा प्रयोग गर्नका लागि यो कार निर्माण गरिएको थियो । कारलाई भाडामा पनि दिइन्थ्यो । कारको भाडा प्रतिघण्टा २ सय अमेरिकन डलरसम्म हुन्थ्यो ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार