बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा २ जना मतदाता अन्य सुचीमा

बाजुरामा २ जना मतदाता अन्य सुचीमा

  • बुधबार, बैशाख २१, २०७९
बाजुरामा २ जना मतदाता अन्य सुचीमा

सुदूरपश्चिम प्रदेशको बाजुरामा २ जना अन्य मतदाताकाे सुचीमा परेका छन ।  स्थानीय तहको आसन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार तीमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० महिला छन् । मतदाताको सूचीमा लैङ्गिक हिसाबले ‘अन्य’तर्फ सूचीकृत १८३ मतदाता छन् ।

आयोगका अनुसार प्रदेशगत रुपमा ‘अन्य’ सूचीमा सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा छन् । यो प्रदेशमा ‘अन्य’ सूचीमा ६७ जना मतदाता छन् । दोस्रोमा लुम्बिनी प्रदेशमा ३२ जना ‘अन्य’ सूचीमा मतदाता छन् । यस्तै, बागमती प्रदेशमा २९, प्रदेश १ मा २३, सुदूरपश्चिम प्रदेशमा १८, गण्डकी प्रदेशमा ११ र कर्णाली प्रदेशमा तीन जना ‘अन्य’ समूहमा छन् ।

मधेस प्रदेशको सप्तरी जिल्लामा २१ जना मतदाता लैङ्गिक हिसाबले ‘अन्य’ सूचीमा छन् । यस्तै, पर्सामा १६, बारामा ११, सर्लाहीमा ९, धनुषामा ६, सिरहामा २ र महोत्तरी तथा रौतहटमा एक–एक जना मतदाता ‘अन्य’ समूहका छन् ।

प्रदेश १ को इलाममा २, झापामा ९, भोजपुरमा एक, मोरङमा ६, सुनसरीमा २, ओखलढुंगामा एक र उदयपुरमा २ जना ‘अन्य’ समूहका मतदाता छन् । आयोगका अनुसार बागमती प्रदेशको सिन्धुली, धादिङ, ललितपुर र चितवनमा एक÷एक जना ‘अन्य’ समूहका मतदाता छन् । यस्तै, नुवाकोटमा ३, काठमाडौंमा ९, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा २ र मकवानपुरमा ६ जना मतदाता ‘अन्य’ सूचीमा रहेको आयोगले जनाएको छ ।

गण्डकी प्रदेशको कास्की र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ४/४ जना लैङ्गिक हिसाबले ‘अन्य’ सूचीका मतदाता छन् । यस्तै, स्याङ्जा, मुस्ताङ, म्याग्दीमा एक÷एक जना छन् । लुम्बिनी प्रदेशको गुल्मीमा २, रुपन्देहीमा ८, कपिलवस्तुमा २, प्युठानमा एक, दाङमा २, बाँकेमा ७, बर्दियामा ६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ जना ‘अन्य’ सूचीका मतदाता छन् ।

यसैगरी कर्णाली प्रदेशको जाजरकोटमा २ र रुकुम पश्चिममा एक जना तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा २, अछाममा २, कैलालीमा ११, बैतडीमा २ र कञ्चनपुरमा एक जना ‘अन्य’ सूचीका मतदाता छन् ।

चर्चामा

सम्बन्धित समाचार