बुधबार, जेष्ठ ४, २०७९
  • होमपेज
  • राजनीति
  • देशकै बढी गरिब भएको स्वामिकार्तिकखापर गाउँपालिकामा त्रिपक्षीय भिडन्त

देशकै बढी गरिब भएको स्वामिकार्तिकखापर गाउँपालिकामा त्रिपक्षीय भिडन्त

  • बुधबार, बैशाख २१, २०७९
देशकै बढी गरिब भएको स्वामिकार्तिकखापर गाउँपालिकामा त्रिपक्षीय भिडन्त

लक्ष्मीराज पाध्याय — देशकै गरिब गाउँपालिकाको रुपमा रहेको स्वामिकार्तिकखापर गाउँपालिकाकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । मुख्यतया एक गठबन्धन सहित तिन दलहरु अहिले स्वामिकार्तिक खापर गाउँपालिकाको चुनावी मैदानमा हुमीएका छन ।
नेपाली काँग्रेस र नेकपा एमाले एक्लाएक्लै चुनावी मैदानमा छन् । नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टी गठबन्धन गरेर चुनावी मैदानममा हुमीएका छन । एकिकृत समाजबादी र माओवादी गठबन्धन, नेपाली काँग्रेस र नेकपा एमाले बिच कडा प्रतिश्पर्धा हुने देखिएको छ ।
स्वामिकार्तिकखापर गाउँपालिका नेपालको सबै भन्दा बढी गरिब गाउँपालिका हो । २०१५ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.१ प्रतिशत बाजुराको जनसंख्या गरिबीको रेखामुनी देखाएको छ । गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिबेदनमा ७१.१ प्रतिशत गरिबि रहेको सार्वजनिक गरेको थियो । दुबैले निकाले प्रतिबेदनमा सबै भन्दा गरिब जिल्लाको रुपमा बाजुरा परिचित रहेको छ । तर यो गाँउपालिकामा भने राजनितिक त्रिपक्षीय कडा भिडन्त हुने देखिएको छ ।
गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा नेकपा एमाले बाट चर्तुभुज शाही, गठबन्धन बाट नेकपा समाजवादी बाट चिरञ्जिवी शाहि र नेपाली काँग्रेस बाट भरत बहादुर रोकाया उम्मेदवार छन् । चिरञ्जिवी शाहीलाई माओवादीको साथ रहेको छ । २०७४ सालको स्थानिय चुनावमा चिरञ्जिवी शाहीले काँग्रेसका अहिलेका उम्मेदवार भरत बहादुर रोकायालाई हराउदै गाउँपालिका अध्यक्ष जितेका थिए ।
गठबन्धनका उम्मेदवार शाहीले एमाले बाट २०७४ सालमा चुनावमा २४ सय ५९ ल्याएका थिए । काँग्रेसका भरत बहादुर रोकायाले १७ सय ५६, नेकपा माओवादीका रमेश राज विश्वकर्माले ४ सय ६७ र राप्रपाका कान्त बहादुर शाहीले २९ भोट ल्याएका थिए । २०७४ को स्थानिय तहको मतलाई केलाउदा पनि त्रिपक्षीय भिडन्त हुने देखिएको हो । समाजवादीमा गएका चिरञ्जिवी शाहीले एमालेको केही भाग समाजवादिमा लिएर उम्मेदवार बनेका हुन् । अहिले गाउँपालिकामा ७ हजार ४ सय ४३ मतदाता रहेका छन् ।
त्रिपक्षीय भिडन्त हुने भएपछि गाउँपालिकाका नागरिकहरु चपेटामा परेका हुन । एक छाक टार्न नसक्ने नागरिकहरुको घरमा अहिले बिहान बेलुका पार्टीका नेताहरुले बिभिन्न आस्वासन दिने आउनेको लर्को नै लाग्ने गरेको छ । चुनाव सकेपछि कोही गाउँ आउदैनन्, तर अहिले भने गरिबी कम गर्ने भन्दै बिभिन्न आश्वासन दिने गरेको वडा नम्बर दुईका जितमल बिकले वताए ।
स्वामिकार्तिक खापर गाउँपालिकामा २०७४ को स्थानिय तहको निर्बाचनमा भन्दा यो पटकको स्थानीय तहको निर्बाचानमा नागरिकहरु बढि चपेटामा परेका देखीन्छन । स्वामिकार्तिक खापर गाउँपालिकामा नेपालको जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार १३ हजार १३ जनसंख्या रहेको छ । २०७४ को स्थानीय तहको निर्बाचन अनुसार स्वामिकार्तिक खापर गाउँपालिकाको मतदाता सख्या ६ हजार ३ सय ५२ रहेको छ । गाउँ सभामा २७ जना रहेका छन भने कार्यपालिका सदस्य ६ जना रहेको सो गाउँपालिकामा गरिव परिवारहरुको प्रतिनिधीत्व नभएको देखीन्छ ।
त्यहाँका दलित समुदायले माथिल्लो जातको निर्देशनमा भोट हाल्नुपर्ने बाध्यता अर्को समस्याको रुपमा छ । हरेक ठाउँबाट पेलिदै आएको त्यहाँ नागरिकका लागि चुनाव आउनु भन्दा नआउनु उचित रहेको बताउछन । गाउँपालिकामा २५ प्रतिशत भन्दा बढी दलित समुदायको बसोवास रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार