शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा निर्वाचन अवधीभर मदिरा उत्पादन भण्डारण बिक्री बितरण गर्न नपाईने

बाजुरामा निर्वाचन अवधीभर मदिरा उत्पादन भण्डारण बिक्री बितरण गर्न नपाईने

  • मङ्लबार, बैशाख २०, २०७९
बाजुरामा निर्वाचन अवधीभर मदिरा उत्पादन भण्डारण बिक्री बितरण गर्न नपाईने

बाजुरा — स्थानीय तहको निर्वाचनलाई स्वच्छ ,निष्पक्ष एवं जिल्लाको सान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन निर्वाचनमा मदिरा उत्पादन भण्डारण, बिक्री बितरणमा गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा एक बिज्ञप्ति जारि गर्दै सो कुरा उल्लेख गरिएको छ । आगामी स्थानीय निर्वाचनलाई होहल्ला झैझगडा नगरि इमान्दार रुपमा सो निर्वाचन सुसम्पन्न तथा स्वच्छ, निष्पक्ष एवं जिल्लाको समग्र शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन बुधबार देखि निर्वाचन अवधिभर सम्म लागु हुने गरि मदिरा बिक्री बितरण गर्न नपाईने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय तहको निर्वाचनमा मदिरा उत्पादन भण्डारण ,बिक्री बितरण तथा जुसुकै व्यक्तिले सार्वजनिक स्थानमा सेवन गरेको पाईएमा कडा कारबाही गर्न सरोकारवालाहरुले सहयोग गर्ने सर्बपक्षिय बैठकबाटै निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुधबार सर्वपक्षिय सर्वदलिय बैठकद्धारा निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले जानकारी दिएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार