बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कलियुगका राम ! पत्नीको अग्नि परीक्षा लिन हत्केलामा कपूर जलाए !

कलियुगका राम ! पत्नीको अग्नि परीक्षा लिन हत्केलामा कपूर जलाए !

  • मङ्लबार, बैशाख २०, २०७९
कलियुगका राम ! पत्नीको अग्नि परीक्षा लिन हत्केलामा कपूर जलाए !

रामायणमा उल्लेख भए अनुसार रावणले अपहरण गरेर लगेकी सीतालाई फिर्ता ल्याएपछि सीतामाथि परपुरुषसँग बसेको भन्ने आरोप लाग्यो र सोही शंका दूर गर्नका लागि रामले सीतालाई अग्नि परीक्षा दिन लगाए ।

रामायणमा वर्णित कथा त्रेता युगको हो । युग बदलिएर अहिले कलियुग छ । मानव सभ्यता निकै समुन्नत भैसकेको छ । विश्वमा विज्ञान प्रविधिले चमत्कार गरिरहेको छ । तर पनि यो कलियुगमासमेत पत्नीको सतित्वमा शंका गर्ने रामहरूको कमी छैन । जसका कारण अहिलेका सीताहरूले समेत दिनहुँ अग्नि परीक्षा दिनु परिरहेको छ ।

छिमेकी मुलुक भारतमा एकजना पुरुषलाई आफ्नी पत्नी परपुरुषसँग लागेको शंका लागेछ । पत्नीप्रतिको सोही शंका निवारण गर्न भन्दै उनले आफ्नी पत्नीको अग्नि परीक्षा लिएका छन् ।

कर्नाटकस्थित कोलार भन्ने ठाउँमा पर्ने बिरेनहल्ली गाउँमा यो घटना भएको हो । आफ्नी पत्नीको आफूप्रतिको वफादारीको परीक्षा लिनका लागि ती पुरुषले पत्नीलाई हातमा कपूर जलाएर अग्नि परीक्षा दिन बाध्य पारे ।

हिन्दुस्तान टाइम्सका अनुसार हातमा कपूर जलाइदिएर पत्नीको अग्नि परीक्षा लिने ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस घटनाका बारेमा प्रहरीलाई एक गैरसरकारी संस्थाले जानकारी गराएको थियो । तर प्रहरी आउनु अगाडि नै अभियुक्त फरार भैसकेका थिए ।

पत्नीको अग्नि परीक्षा लिने ती व्यक्तिको नाम आनन्द भएको बताइएको छ । अग्नि परीक्षा लिने क्रममा लोग्नेले हातमा कपूर जलाइदिएपछि ती महिलाको हत्केलामा पोलेर गहिरो घाउ बनेको छ । उक्त दम्पतीको १४ वर्ष अघि बिहे भएको थियो । १४ वर्षसम्म पत्नीसँगै बसेका ती पुरुषले सनकको भरमा पत्नीको अग्नि परीक्षा लिने भन्दै हत्केलामा कपूर जलाइदिएको बताइएको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार