शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका एक युवक ६२ लाखको सुनसहित पक्राउ

सुदूरपश्चिमका एक युवक ६२ लाखको सुनसहित पक्राउ

  • मङ्लबार, बैशाख २०, २०७९
सुदूरपश्चिमका एक युवक ६२ लाखको सुनसहित पक्राउ

धनगढी — ठूलो परिमाणमा सुनसहित एकजना पक्राउ परेका छन्। बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ पिमी कैलाश निवासी २८ वर्षीय अशोकबहादुर सिंह पक्राउ परेका हुन्। उनलाई बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

उनको झोलाभित्र खान तलासी गर्दा हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित विभिन्न प्रकारका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सुनको तौल ८ सय २ ग्राम ७३ मिलिग्राम रहेको र अन्दाजी ६२ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सिंहले वैशाख ४ गते भारतको बेङ्लोरस्थित सुन पसलबाट चोरी गरेर ल्याएको खुलेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार