आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेसको भ्रममा नलाग्न नेकपा माओबादी केन्द्र बाजुराको अपिल

नेपाली काँग्रेसको भ्रममा नलाग्न नेकपा माओबादी केन्द्र बाजुराको अपिल

  • मङ्लबार, बैशाख २०, २०७९
नेपाली काँग्रेसको भ्रममा नलाग्न नेकपा माओबादी केन्द्र बाजुराको अपिल

बाजुरा — नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति बाजुराले एक बिज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसले भनेको मनगण्न्ते भ्रममा नलाग्न अपिल गरेको छ । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति बाजुराका संयोजक देबीचन्द बुढाको हस्ताक्षर बिज्ञप्ती अनुसार नेपाली काँग्रेस संगको गठबन्धन नभएको ठाउँमा आफ्नै चुनाव चिन्हमा भोट माग्न अपिल गरिएको छ ।

बडिमालिका नगरपालिका खप्तड छेडेदह गाउँपालिका र बुढिगंगा नगरपालिकामा नेपाली काग्रेसले आस्वासन मात्रै दिएको र गबन्धनमा नरहेकोले सो बिषयमा एक्ला एकलै चुनावमा गएको समेत जानकारी गराएको बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
राष्ट्रिय राजनितीमा बाम लोकतान्त्रीक गठबन्धन हुँदा हुँदै पनि बाजुरामा भने सत्ताको प्रमुख घटकको रुपमा रहेको नेपाली काँग्रेसले आर्कमण्यता, दम्भ र अहंकारले गर्दा भुलाई भुलाई बिलय तिर लिन खोजेको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । गठबन्धनको नाममा सबै पालिकाको प्रमुख उप प्रमुर र अध्यक्ष उपाअध्यक्षका साथै वडा अध्यक्ष सदस्य सम्म आफ्नै राख्न खोज्नु, उम्मेदवारी दर्ताको एक घण्टा पछि मात्र सामान्य फेरबदल गरेको मनगणन्ते कुरा बाहीर ल्याउनु, उम्मेदवारी फेर्ता गरेका छौ भन्नु भ्रम मात्रै रहेको नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति बाजुराका संयोजक देबीचन्द बुढाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
गठबन्धनको नाममा नेपाली काँग्रेसले गरेको जालजेल र भ्रममा नपर्न नेकपा माओबादी केन्द्रका शुभचिन्तक र पार्टी कार्यक्रतामा निर्देशन गरिएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार