सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाज
  • प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह

प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह

  • आइतवार, बैशाख १८, २०७९
प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी थिए । उनीहरुमध्ये सिंहलाई मन्त्रिपरिषद् बैठकले आईजीपी बनाउने निर्णय गरेको हो । नेपाल प्रहरीका हालका महानिरीक्षक शैलेश थापा क्षेत्री आजदेखि अकाश हुँदैछन् ।

चर्चामा

सम्बन्धित समाचार