सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

  • आइतवार, बैशाख १८, २०७९
आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।

पोखरेलनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जानेबारे उहाँले छलफल गरिरहनुभएको छ ।’ थापा निकट एक अधिकृतले पनि अदालत जानेबारे छलफल भइरहेको अनलाइनखबरलाई बताए ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार