• होमपेज
  • समाचार
  • अछाममा जीप दुर्घटना, १२ जना घाइते

अछाममा जीप दुर्घटना, १२ जना घाइते

  • आइतवार, बैशाख १८, २०७९
अछाममा जीप दुर्घटना, १२ जना घाइते

धनगढी — अछाममा जीप दुर्घटना भएको छ। प्रहरीका अनुसार शनिबार जिल्लाको मेललेख गाउँपालिका-५ सरानीमा से१ज ९६५ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा जीपमा सवार १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरुलाई उपचारका लागि न्यायहेल्थ अस्पताल वयलपाटा पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए। उनका अनुसार जीप अनियन्त्रित भई दुर्घटना भएको थियो। जीप घटनास्थलमै रहेको र चालक मेल्लेख-५ कै ३५ वर्षीय मोति खड्का सम्पर्कविहीन रहेका उनले बताए।

चर्चामा

सम्बन्धित समाचार