• होमपेज
  • समाचार
  • जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु

जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु

  • आइतवार, बैशाख १८, २०७९
जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु

स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु भएको छ । सिरहाको नवराजपुर गाउँपालिका(१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो ।

चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार