शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुराको त्रिबेणीमा एमाले र माओबादी केन्द्र गठबन्धन

बाजुराको त्रिबेणीमा एमाले र माओबादी केन्द्र गठबन्धन

  • शनिबार, बैशाख १७, २०७९
बाजुराको त्रिबेणीमा एमाले र माओबादी केन्द्र गठबन्धन

बाजुरा —  त्रिबेणी नगरपालिमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले गठबन्धन गरेका छन् । देशभर सत्ता पक्षधरको गठबन्धन गर्ने लिखित सहमति भएपनि बाजुरामा भने त्यसको प्रभाव परेन । नेपाली काँग्रेसले जिल्लाका नौ ओटै पालिकामा प्रमुख पद नछोड्ने गरि उम्मेदवारी दर्ता गराए पछि त्रिबेणी नगरपालिकामा माओवादी केन्द्रले एमालेसंग गठबन्धन बनाएको छ ।
त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये एमालेले ५ ओटा वडा र माओबादी केन्द्रले ४ ओटा वडाहरु भागवण्डा गरिएको छ ।
एमालेबाट प्रमुखमा मोतिसिंह बुढा उज्वल र उपप्रमुखमा माओवादी केन्द्रका मनराजे बुढा मिलनलाई उठाउने लिखित सहमति भएको छ । बाम गठबन्धनबाट जित्ने गरि सहकार्य गरिएको एमाले पार्टी उपाध्यक्ष भरत बुढाले बताएका छन् ।
नेपाली काँग्रेसको गढकै रुपमा चिनिएको त्रिवेणीमा बाम गठबन्धन गर्ने गरि एमाले र माओवादी नेताहरु सहमत भएका छन् । २०७४ सालको स्थानीय चुनावमा काँग्रेसले ३३ सय ६५ मत ल्याएर जितेको थियो भने एमालेले २१ सय ९४ र माओवादीले ८ सय ८४ मत ल्याएको थियो ।
दुबै पार्टीका मत जोड्दा पनि काँग्रेस बलियो देखिएको छ । तर जित्ने काँग्रेस निश्चित जस्तै देखिएकोले त्यो बेला केही व्यवहारिक मत काँग्रेसले लिएको र अब त्यस्तो नहुने र बाम एकताले जित सुनिश्चित हुने आँकलन नेताहरुले गरेका छन् ।
काँग्रेसबाट बागी उम्मेदवारी दिएका रनसिंह अयडीले भने उम्मेदवारी फिर्ता लिएका छन् । बागी उम्मेदवारी पछि सहज जितको अपेक्षा गरेका एमाले माओवादीलाई केही संघर्ष गर्नु पर्ने देखिएको छ ।
नेपाली काँग्रेसबाट कणर्बहादुर थापा प्रमुख र कमला न्यौपाने उपप्रमुखको उम्मेदवार बनाएको छ । काँग्रेस भित्रको आपसी द्धन्द्धले पनि जित्न सजिलो हुने अनुमान एमाले माओवादी नेताहरुको छ ।

चर्चामा

सम्बन्धित समाचार