मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • स्थानिय तह निर्बाचन : बाजुरामा मतपत्र आईपुगे

स्थानिय तह निर्बाचन : बाजुरामा मतपत्र आईपुगे

  • शुक्रबार, बैशाख १६, २०७९
स्थानिय तह निर्बाचन : बाजुरामा मतपत्र आईपुगे

बाजुरा — आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको मतपत्र बाजुरामा आईपुगेको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा शुक्रबार मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले जनाएको छ ।
जिल्लाका ९ वटै पालिकाका लागि मृुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र आज मार्तडीमा आइपुगेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन् ।  ९ वटै पालिकाका लागि ९३ हजार मतपत्र पुगेको बताए । जिल्लामा ८२ हजार ६९० मतदाता संख्या रहेको छ । मतदाताको आधारमा थप १० प्रतिशत मत पत्र पठाउने गरेकोले जिल्लामा ९३ हजार मत पत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत घिमिरे बताउँछन् ।
विकट जिल्लाका रुपमा रहेको बाजुरामा एकै हिमाली गाउँपालिका लगातका पालिकामा मतपत्र पुर्याउन निकै सकस देखिएको छ । संघ र प्रदेशको निर्वाचनमा नेपाली सेनाको हेलिकप्टर मार्फत मतपत्र र मत पेटीका ओसार पसार हुने गरेको भएपनि स्थानीय तहको निर्वाचनमा मतदान अधिकृत नै मत पत्र बोकेर जाने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार