• होमपेज
  • समाचार
  • सिनामंगलबाट एक युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

सिनामंगलबाट एक युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

  • शुक्रबार, बैशाख १६, २०७९
सिनामंगलबाट एक युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं — सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार