शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संयुक्त गठबन्धन !!

संयुक्त गठबन्धन !!

  • बिहिबार, बैशाख १५, २०७९
संयुक्त गठबन्धन !!

देश निर्वाचनमा हाेमिएकाे छ
हाम्रो संयुक्त गठबन्धन छ ।

देश निर्वाचनले तातो राताे बनेकाे छ
गणतन्त्रलाई सखाप पार्ने बिरुद्ध हाम्रो संयुक्त गठबन्धन छ ।

देश निर्वाचनले गर्दा जुरुक्क उठेको छ
स्थानिय सरकारलाई पुर्ण अधिकार दिने हाम्रो संयुक्त गठबन्धन छ।

देश निर्वाचनले गर्दा हलचलमा छ
सम्पुर्ण दलाल नेताहरुकाे जनता प्रतिकाे प्रतिबद्द बेइमानी छ ।

देश निर्वाचनले गर्दा साम्राज्यवादिहरुका देश प्रतिकाे हस्तक्षेप ओझेलमा छ
अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादका दलालहरु लखेटनु छ ।

देश निर्वाचनले गर्दा सामदाम दन्डभेद र सत्ताकाे चरम प्रयाेग छ
छाेरि बलात्कारि र भ्रष्टाचारकाे नाईकेहरु सलबलाइ रहेको छ ।

देश निर्वाचनले गर्दा जल्दोबल्दो बनेकाे छ
गणतन्त्र , धर्मनिरपेक्ष्यतालाई बचाएर संघियता खारेज गर्नु पर्दछ ।

देश निर्वाचनले गर्दा अर्थतन्त्र रास्ट्रकाे धुकुटि स्वाहा पारेकाे छ
प्रतिगामि दिशाबाट देशलाई प्रतिगमन दिशामा लैजानेहरुलाई संयुक्त गठबन्धनले किनारा लाउनु छ।
लेखक:- जनक बि सि

चर्चामा

सम्बन्धित समाचार