शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश सचिब रोकाया भन्छन्, “मेरो टिकट कोल्टि पुगेपछि खोसियो”

प्रदेश सचिब रोकाया भन्छन्, “मेरो टिकट कोल्टि पुगेपछि खोसियो”

  • बुधबार, बैशाख १४, २०७९
प्रदेश सचिब रोकाया भन्छन्, “मेरो टिकट कोल्टि पुगेपछि खोसियो”

बाजुरा–नेपाली काँग्रेस प्रदेश (क) का सचिब रबिन्द्र रोकाया आफ्नो वडा अध्यक्षको टिकट बिचमै खोसिएको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आफ्नो नाममा वडा नम्बर ३ को वडा अध्यक्षको टिकट दिएको भएपनि काँगे्रसका केही ब्यक्तिले बिचमै अर्कोलाई दिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
जिल्ला कार्यसमितिले निणर्य गरेको रबिन्द्र रोकायालाई हटाएर प्रदिप बोहोरालाई टिकट दिइएको पाईएको हो । रोकायाको टिकट खोसेर अर्कोलाई दिनेमा नेपाली काँग्रेस उपसभापति नारायण पाध्याय, नेपाली काँग्रेस बाट नगरप्रमुखको टिकट पाएका पदम कुमार गिरी र नेपाली काँग्रेस जिल्ला कार्यसमिति सहसचिब कृष्णराज पाध्याय रहेको आरोप रहेको छ ।
रबिन्द्र रोकायाले सामाजिक सञ्जालमा पैसा खाएर टिकट अर्कोलाई दिएको आरोप लगाएका छन् । उनले पाटि भित्र ठेक्कादार प्रथा मौलाउदै आएको र आफु माथि अन्याय गरेको आरोप समेत लगाएका छन् । बाजुरामा टिकटको बिषयलाई लिएर नेपाली काँग्रेस भित्र निकै द्धन्द्ध चर्किएको छ ।

चर्चामा

सम्बन्धित समाचार