• होमपेज
  • समाचार
  • भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

  • बुधबार, बैशाख १४, २०७९
भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

काठमाडौं — भारतको तमिलनाडुमा रथयात्राको क्रममा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने घोषणा पनि गरेका छन् । यसैगरी घाइतेलाई प्रधानमन्त्री राहत कोषबाट ५०–५० हजार रुपैयाँ दिने पनि मोदीले बताएका छन् ।

त्यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतक परिवारलाई ५–५ लाख रपैयाँ दिने घोषणा गरेका थिए ।

बुधबार बिहान तमिलनाडुको तंजाबुरको एक मन्दिरको रथयात्राको क्रममा हाई भोल्टेजको तारमा छोइँदा ११ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार