• होमपेज
  • बडिमालिका
  • बडिमालिका दुुईको वडाध्यक्षमा ज्वाइँ-जेठान बिच प्रतिस्पर्धा

बडिमालिका दुुईको वडाध्यक्षमा ज्वाइँ-जेठान बिच प्रतिस्पर्धा

  • बुधबार, बैशाख १४, २०७९
बडिमालिका दुुईको वडाध्यक्षमा ज्वाइँ-जेठान बिच प्रतिस्पर्धा

बाजुरा–बडिमालिका-२ को वडाअध्यक्षमा ज्वाइँ-जेठान बिच प्रतिस्पर्धा हुने भएको छ । २०७४ सालको स्थानिय चुनावमा प्रतिस्पर्धा गरेका ज्वाइँ-जेठान यो स्थानिय चुनावमा पनि प्रतिस्पर्धा गर्ने भएका छन् ।
ज्वाइ डम्मर महत नेकपा एमाले र जेठान गोपाल कार्की नेपाली काँग्रेस बाट चुनावी प्रतिस्पर्धामा गएका छन् । २०७४ को स्थानिय चुनावमा कार्की ६ मतले पारजित भएका थिए । महतले २ सय ४२ भने कार्कीले २ सय ३६ मत ल्याएका थिए । कार्कीकी सहोदर बहिनी र महतका सहोदर कान्छा भाइ बिच बैवाहिक सम्बन्ध रहेको छ ।
२०७४ सालको स्थानिय चुनावबको बिषयलाई लिएर ज्वाइ-जेठानको मुद्धा उच्च अदालत दिपायल सम्म पुगेको थियो । गोपाल कार्की नेपाली काँग्रेस बडिमालिका नगर सभापति समेत रहेका छन् । डम्मर महत नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडिमालिका नगर इन्चार्ज रहेका छन् । कार्की भन्छन्, पाटिको निणर्य अनुसार चुनाव लड्नै परयो, खुला प्रतिस्पर्धा हो, यसमा अन्यथा कुनै पारिवारिक द्धन्द्ध नहुने वताए । महत पनि राजनितिक फरक पाटो हो, यसले पारिवारिक असर पर्न नदिने वताए ।
२०७४ सालको स्थानिय चुनावको परिणामसँगै ज्वाइँ-जेठानको सम्बन्ध टाढिएको थियो । उक्त चुनावी नतिजासँगै उनीहरूबीचको पारिवारिक सम्बन्ध पनि चुँडियो । अरु परिवार सँग राम्रो भएपनि दुइ उम्मेदवारी बिच भने राम्रो सँग बोलचाल नभएको पाईएको हो । अरु परिवारका सदस्य बिच पहिलो चुनावको केही समय सम्बन्ध नराम्रो भएपनि अहिले भने राम्रो रहेको छ । चुनाव एउटा प्रतिस्पर्धा हो, तर पारिबारिक सम्बन्ध फरक हो महतका एक सदस्यले वताए ।

चर्चामा

सम्बन्धित समाचार