आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • भारतमा गाउँलेको हत्या गरेर फर्केका युवक पुर्पक्षका लागी थुनामा

भारतमा गाउँलेको हत्या गरेर फर्केका युवक पुर्पक्षका लागी थुनामा

  • मङ्लबार, बैशाख १३, २०७९
भारतमा गाउँलेको हत्या गरेर फर्केका युवक पुर्पक्षका लागी थुनामा

भारतमा चौकीदारी गरेर बसेका बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएका ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या भयो । २०७८ फागुन १६ मा राति ३ बजेतिर नयाँ दिल्लीको चाँदनी चोकमा सुतिरहेका मंगलेको हत्या भएको थियो ।

हत्यामा संलग्न आरोपमा बुढीगंगा–७ कै १९ वर्षीय युवक देवेन्द्र बहादुर लुहार उर्फ देवेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लियो । २०७८ चैत १६ मा बाजुरा प्रहरीले बाजुरा जिल्ला अदालतबाट म्याद लिएर हत्याबारे अनुसन्धान गरेको थियो ।

सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका लागी कारागारमा थुनामा पठाउन आदेश गरेको छ । अपराध संहिता–२०७४ ले विदेशमा भएका अपराधमा पनि जाहेरी लिन र अनुसन्धान गर्न मिल्ने व्यवस्था गरेसँगै दिल्लीमा भएको हत्याबारे नेपालमा मुद्दा चलेर आरोपी थुनामा गएका हुन् ।

कञ्चनपुरको गड्डा चौकी हुँदै भारतमा गएर घरको ग्यालरीमा सुतिरहेका मंगलेलाई काठको मुङ्ग्राले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीको इन्टरपोल शाखासँगको सहकार्यमा भारतीय प्रहरीबाट हत्यासँग सम्बन्धित प्रमाण र अनुसन्धानात्मक कागजात सङ्कलन गरिएको बाजुराका डिएसपी चतुर्भुज ओझाले  बताए ।

आरोपीले ‘पुरानो रिसिइबी’का कारण भारतमा गएर हत्याको मौका कुरेर मध्यरातमा सुतेको बेला हत्या गरेको बयान दिएका छन् । घटनाबारे मृतकका छोराले चैत १५ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार