बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस प्रदेश (क) का क्षेत्रिय सभापति बोहरा एमालेमा प्रवेश

नेपाली काँग्रेस प्रदेश (क) का क्षेत्रिय सभापति बोहरा एमालेमा प्रवेश

  • सोमवार, बैशाख १२, २०७९
नेपाली काँग्रेस प्रदेश (क) का क्षेत्रिय सभापति बोहरा एमालेमा प्रवेश

बाजुरा  — नेपाली काँग्रेस बाजुराका प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति रामबहादुर बोहराले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसको टिकट वितरणमा एकलौटी गरेको भन्दै बोहराले एमालेमा प्रवेश गरेका हुन् ।
बुढीनन्दा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी सिफारिस गर्दा प्रक्रिया पुर्याई क्षेत्रीय सभापतिको नगर प्रमुखमा सिफारिस भएको तर पाटी भित्र केही व्यक्तिबादी चरित्र र आफु मात्रै सर्वेसर्वा पैशा मात्रको भरमा राजनीति किन्न खोज्ने र पदमा रहँदा पनि पदको हदै सम्मको दुरुपयोग गरेको र पार्टी संस्थागत मुल्य मान्यता विपरित केही व्यक्तिले पार्टी कव्जा गर्न खोजेकोले आजबाटै काँग्रेस बाजुरा प्रदेश क को सभापति सहित पार्टीको सम्पूणर् जिम्मेवारी परित्याग गरेको बोहोराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले आजैबाट नेकपा एमाले पार्टीमा प्रवेश गरेको जानकारी समेत गराएका छन् । काँग्रेस छाडेर एमाले प्रवेश गरेका बोहरालाई एमाले केन्द्रीय सदस्य  सहदेव बाेगटी  प्रदेश उपसचिव बल्देव रेग्मी, प्रदेश समिति सदस्य पेम्वा गुरुग  पार्टीका उपसचिव जनक बोहराले पार्टीमा स्वागत गरेका हुन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार