• होमपेज
  • समाचार
  • बुटवलको जंगलमा भेटियो दम्पतीको शव

बुटवलको जंगलमा भेटियो दम्पतीको शव

  • आइतवार, बैशाख ११, २०७९
बुटवलको जंगलमा भेटियो दम्पतीको शव

बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगर सामुदायिक वनको जंगलमा उनीहरूको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार यसरी मृत भेटिनेमा बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका छन्।

गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ। उनीहरूका छोराहरू वैदेशिक रोजगारीमा रहेको र घरमा छोरी तथा बुहारीसँगै बस्दै आएको प्रहरीले जनाएको छ।

उनीहरूको शवनजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकाले उनीहरूले सामूहिक रूपमा आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार