• होमपेज
  • समाचार
  • तालु र मलद्वारमा आधा किलो सुन भेटिएपछि…

तालु र मलद्वारमा आधा किलो सुन भेटिएपछि…

  • आइतवार, बैशाख ११, २०७९
तालु र मलद्वारमा आधा किलो सुन भेटिएपछि…

धनगढी — सुन तस्करहरूले विदेशबाट सुन तस्करी गरेर भित्राउनका लागि अनेक उपाय अपनाउने गर्दछन्। तस्करहरूले निलेका सुनका चक्की पेटको शल्यक्रिया गरेर निकालिएको, मलद्वार तथा यौनांगमासमेत लुकाइएका घटना बेला-बेलामा सार्वजनिक हुने गरेका छन्।

सुन तस्कर तथा भरियाहरूले पैसाका लागि जीवन नै जोखिममा पार्ने गर्दछन्। हालै भारतमा पनि यस्तै एउटा घटना भएको छ। भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा एकजना व्यक्ति आफ्नो मलद्वार तथा टाउकोको तालुमा आधा किलोभन्दा धेरै सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका छन्। ती व्यक्ति आबुधाबीबाट भारत आएका थिए। उनले तालु खौरिएर त्यसमा सुनको पाता राखेर त्यस बाहिर नक्कली कपाल टाँसेका थिए भने मलद्वारभित्र पनि सुन कोचेका थिए।

उनले तालु र मलद्वारमा लुकाएको सुन कुल ६३०।४५ ग्राम थियो। त्यसको मूल्य भारतीय बजारमा साढे ३० लाख भारुभन्दा धेरै पर्दछ। ती व्यक्तिले तालुमा नक्कली कपालले छोपेर लुकाएको सुन बरामद गरिएको रोचक भिडियो सोसल मिडियामा भाइरल बनेको छ।

चर्चामा

सम्बन्धित समाचार