शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • कक्षा १२ को परीक्षा समय परिवर्तन

कक्षा १२ को परीक्षा समय परिवर्तन

  • आइतवार, बैशाख ११, २०७९
कक्षा १२ को परीक्षा समय परिवर्तन

काठमाडौं — कक्षा १२ को परीक्षा समय परिवर्तन गरिएको छ। जेठ १६ गतेदेखि सुरू हुने कक्षा १२ को परीक्षा समय परिवर्तन गरेर बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा समय निर्धारण गरेको थियो। दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ। जेठ १६ देखि सुरु हुने परीक्षा २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार