मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • निर्बाचन आचारसंहिताको पुर्ण रुपमा पालना गर्न मुख्य निर्बाचान अधिकृतको निर्देशन

निर्बाचन आचारसंहिताको पुर्ण रुपमा पालना गर्न मुख्य निर्बाचान अधिकृतको निर्देशन

  • शुक्रबार, बैशाख ९, २०७९
निर्बाचन आचारसंहिताको पुर्ण रुपमा पालना गर्न मुख्य निर्बाचान अधिकृतको निर्देशन

बाजुरा — निर्बाचानलाई भयबित बनाउन जिल्ल स्थित राजनैतिक दल लगायत बाजुराबासीहरुले सहयोग गर्न मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । सदरमुकाम मार्तडीमा आयोजित सर्बपक्षिय बैठकमा मुख्य निर्बाचन अधिकृत घिमिरेले यस्तो बताएका हुन ।
त्यसै गरी निर्बाचनलाई भयबित नबनाउन निर्बाचन आचार संहिताको पुर्ण रुपमा पालना गर्न राजनैतिक दलका नेताहरुले प्रतिबद्धता जनाएका छन । नेकपा एमालेका उपसचिव काशी बिक, नेपाली काग्रेसका जिल्ला सभापती रामसिं रावल, नेकपा माओबादी केन्द्रका नेता रमेश बिक र नेकपा एकिकृत समाजवादी पार्टीका नेता मान बहादुर कार्की लगायतका नेताहरुले निर्बाचन आचारसंहिताको पुर्ण पालना गर्न आफ्नो पार्टी कमिटिमा सर्कुलर गर्ने बताएका छन ।
स्थानीय तहको निर्बाचन नजिकीए संग जिल्लामा निर्बाचनका गतिबिधीहरु बढ्दै गएको छ । ८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिए संगै जिल्लामा निर्बाचनका गतिबीधीहरु बढेका छन ।
स्थानीय तहको निर्वाचन आउन करिव ३ साता बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तिव्र पारेको छ । जिल्लामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर ७० वटा मतदान केन्द्र र १ सय १२ निर्वाचन स्थल तोकिएका छन । बाजुरामा ८२ हजार ६ सय ७० जना मतदाता रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार