बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • राजनीति
  • जिल्ला कार्यसमितिले सिफारीस गरेकानै बुढिनन्दाले नगरप्रमुख र उपप्रमुख पठायो

जिल्ला कार्यसमितिले सिफारीस गरेकानै बुढिनन्दाले नगरप्रमुख र उपप्रमुख पठायो

  • शुक्रबार, बैशाख ९, २०७९
जिल्ला कार्यसमितिले सिफारीस गरेकानै बुढिनन्दाले नगरप्रमुख र उपप्रमुख पठायो

बाजुरा — बुढिनन्दा नगरपालिकाको नेपाली काँग्रेस बाट नगरप्रमुख र उपप्रमुखको नाम सिफारीस गरेको छ । नेपाली काँग्रेस बुढिनन्दा नगर कार्यसमितिले नगरप्रमुखमा पदम कुमार गिरी, राम बहादुर बोहरा र निर्मला कार्की रावललाई सिफारीस गरेको हो । उपप्रमुखमा रिता देवी सिंह र सुनिता गुरुङ्गको नाम सिफारीस गरेको नगर सभापति मान बहादुर खडकाले वताएका छन् ।
बुढिनन्दा नगरपालिकाले सिफारीस गरेका नगरप्रमुख र उपप्रमुख यो भन्दा पहिला नै नेपाली काँग्रेस जिल्ला कार्यसमितिले प्रदेशमा सिफारीस गरेको थियो । नगरसभापति खड्काले भने हाम्रोमा कुनै विवाद थिएन्, जिल्लाले प्रदेश पठाएकै नाम सिफारीस गरेर जिल्ला कार्यसमितिमा पठाउन लागेको बडिमालिका खबर सँग बताएका छन् ।
नेपाली काँग्रेसले बाजुराका चार नगरपालिका बाट आजै उम्मेदवारी सिफारीस गनुपर्ने रहेको छ । अन्य तिन पालिकामा पनि सिफारीसका लागि छलफल भइरहेको छ । नेपाली काँग्रेस बाजुराले प्रदेशमा सिफारीस गरेको उम्मेदवारी प्रक्रिया नपुगेको भन्दै पुन सिफारीस गर्न पत्रचार गरेको थियो । काँग्रेसको बिधान अनुसार उम्मेदवारी सिफारीस नगरेको भन्दै फेरि पालिका स्तर बाट नै सिफारीस गर्न नेपाली काँग्रेस प्रदेश कमिटिले पत्राचार गरेको हो ।
प्रदेशले पत्रचार गरे अनुसार बाजुराको बुढिगंगा, त्रिबेणी, बडिमालिका र बुढिन्नदा आजै बिद्यान अनुसार नगरप्रमुख र उपप्रमुखको सिफारीस जिल्ला कार्यसमितिमा पठाइसक्नु पर्ने रहेको छ ।
नेपाली काँग्रेसले गाउँपालिकाको उम्मेदवारी जिल्लामै टुङ्गो लगाउनु पर्ने भएपनि नगरपालिकाको भने प्रदेशमा सिफारीस गर्नुपर्ने रहेको छ । पालिका बाट नगरप्रमुखमा एकजना महिला सहित तिनजना सिफारीस गर्नुपर्ने बिधानमा रहेको छ । तर बाजुराका चार स्थानिय तहले सिफारीसमा धेरै नाम पठाएको जिल्ला कार्यसमितिले भने बिद्यान अनुसार प्रदेशमा नाम सिफारीस गरेको दाबि गरेको छ ।
पालिका बाट नै बिद्यान अनुसार एकजना महिला पर्ने गरि तिन जना मात्र सिफारीस भएर जिल्ला आउनुपर्ने जिल्ला बाट तिनजना नै प्रदेश सिफारीस गर्नुपर्ने बिद्यानमा छ, तर बाजुरा काँग्रेसले त्यो नगरेकाले पुन पत्रचार गरेको प्रदेशका एक काँग्रेस नेताले वताएका छन् । नेपाली काँग्रेस बाजुरा सभापति रामसिं रावलले मनोमानी सिफारीस गरेको भन्दै देउवा पक्षधर नेता तथा कार्यक्रताले चर्को बिरोध जनाएका थिए । रावलले भने जिल्ला बाट पठाउदा बिद्यान बमोजिम सिफारीस गरेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार