• होमपेज
  • बडिमालिका
  • बाजुरा बाट एक मात्र महिला नेतृ जुना दानिको नाम नगर प्रमुखमा शिफारीस

बाजुरा बाट एक मात्र महिला नेतृ जुना दानिको नाम नगर प्रमुखमा शिफारीस

  • बुधबार, बैशाख ७, २०७९
बाजुरा बाट एक मात्र महिला नेतृ जुना दानिको नाम नगर प्रमुखमा शिफारीस

बाजुरा — बाजुरामा बाट प्रमुख दलको तर्फ बाट नगरप्रमुखमा एकजना महिलाको नाम प्रदेशमा शिफारीस भएको छ । बडिमालिका नगरपालिका बाट नेपाली काँग्रेसले महासमिति सदस्य तथा महिला नेतृ जुना दानीको नाम प्रदेशमा शिफारीस गरेको हो ।
जिल्लाका ९ ओटा स्थानीय तहहरु मध्ये बडिमालिका नगरपालिकामा मात्रै नेपाली काँग्रेसले नगर प्रमुखमा एक महिला सहित २ जना पुरुषको नाम सिफारीस गरेको काँग्रेस एक स्रोतले वताएको छ । नेपाली काँग्रेसले प्रदेश दुई जना पुरुष १ जना महिला पठाउनु पर्ने जनाएको छ । गाउँपालिकाको जिल्लामै टिकटको निणर्य गर्ने वताएको छ । बाजुरा बाट काँग्रेसले चारवटा नगरपालिकाको नाम प्रदेशमा शिफारीस गरेको छ । बडिमालिका नगरपालिका भन्दा अन्य तिन नगरपालिकामा भने २ जना पुरुष मात्र शिफारीस गरेको छ ।
जिल्लामा ठुला दलहरु मध्य नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी र नेकपा एकिकृत समाजबादी पार्टीहरु रहेका छन । तर अन्य कुनै पनि दलहरुले महिलालाई प्रदेशमा कुनै पनि स्थानीय तहमा महिलाको प्रतिनिधित्व हुने गरि प्रमुखमा सिफारीस नगरेको पाईएको छ ।
गठबन्धनमा रहेको नेपाली काँग्रेस बाजुराले नगरपालिकाको प्रमुख उप प्रमुखहरुको प्रदेशमा सिफारीस गरि पठाउदा एक मात्रै बडिमालिका नगरपालिकाको प्रमुखमा महिलाको प्रतिनिधीत्व हुने गरी दानीको नाम सिफारीस गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार