आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • अछाममा सेनाको गाडी दुर्घटना, ५ जना घाइते

अछाममा सेनाको गाडी दुर्घटना, ५ जना घाइते

  • बुधबार, बैशाख ७, २०७९
अछाममा सेनाको गाडी दुर्घटना, ५ जना घाइते

धनगढी — अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। बुधबार जिल्लाको साँफेबगर नगरपालिका वडा नं ८ चण्डिकाको जमालगाउँमा सेनाको गाडी दुर्घटना भएको हो।

डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना बोकेको गाडी (भ्यान) दुर्घटना हुँदा ५ जना घाइते भएको बताइएको छ। उक्त गाडी (भ्यान) आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो।

घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार