• होमपेज
  • विचार/ब्लग
  • आत्मघाती निर्णय!

आत्मघाती निर्णय!

  • बुधबार, बैशाख ७, २०७९
आत्मघाती निर्णय!

सुरेशकुमार पान्डे — अहिले देशमा प्रतिगामी शक्ति शक्तिसाली भयको वेलामा गणतान्त्रिक शक्तिहरूको तालमेलले ठुलो महत्व राख्छ तर साथिहरूलाई त्यसको कुनै सरोकारछैन।राजमो र राजमो समनवय समितिका उमिदवारहरू उभिएर कस्को भोट काट्टिन्छ?एकले आर्काको भोट काट्नका लागी साथिहरू कटिबद्ध हुँनुहुन्छ।केका लागि पद प्रतिष्ठाका लागि होइनर?यसबाट कसलाई फाइदा पुग्ला मित्रहरू
प्रतिगामीको?वा अग्रगामिको? यसो बिचार गरौं त हामिले कहिलेहो बुझ्ने?हाम्रो लागि चुनाव त्यती ठुलो होइन जति ठुलो देशलाई प्रतिगमन बाट जोगाउँनेहो।
साथिहरूले देशको अबस्थालाई नबुझेर बिना सारको हल्ला गर्नु भएकोछ।हामि आपसमा लडेपछी फाइदा त दुश्मनले लिन्छन।
बिगतमा नेकपा एकता केन्दर मसालको बिचमा उत्पन्न समस्यालाई समाधान गर्नुपर्छ भनेर कुर्लिने शक्ति पनि एकताको हल्ला गरेर फुटको खेती गरिरहेका थिए यो सबै थाहा पाएपछि मसलले पार्टीलाई एकता केन्द्रका साथिहरूको गुटबन्दि गर्दै आएकाछन काम गर्न दिएकाछैनन पार्टीलाई अनिर्णयको बन्दि बनाएकाछन यो भन्दा पहिले हाम्रो पार्टीलाई खतम पार्लान हामिले को अडिर्नेसन गरेर जानुपर्छ”न सम्बन्ध न सम्बन्ध बिक्षेत पुरानो मसालको पनि कोअर्डिनेसन गरेर भत्किनलागेको पार्टीलाई जोगाउँनुपर्छ”भन्दा रामसिहँहरू जो पार्टी फुट्टनु हुन्न भनेर दिनदिनै उफ्रिंदै थिए उनिहरू आफै पार्टीलाई छाडेर को अर्डिनेसनको मञ्चबाटै भागेका थिए।त्यो वेला हामिले रामसिहँ श्रिसलाई धेरै सम्झायौं तर पनि जसले फुट्नैपर्छ भनेर मनमा गांठो पार्छ त्यसलाई फुट्न बाट कसैले रोक्न सक्दैन।उनिहरू फुटेर गए यस्तै त्य़ो भन्दा पहिले दिनानाथ शर्माले पार्टीमा भने लाल सेना नभएको पार्टी कम्युनिष्ट हुंनै सक्दैन।
आखिरमा पार्टीले भन्यो त्यो कोले भन्यो?उन्ले लेनिनको नाम ल्याय र त्यो लेनिनवादी नीतिहो भने।त्यसो हो भने त्यो कुन ठाउमा भनेकाछन पार्टीले उन्लाई छेमैना भित्रमा त्यो किताब खोजेर पार्टीलाई बुझाउँन भन्यो उन्ले सकेनन् र उनि आफैले किताब प्रकासित गराए।त्यो वेला पनि उन्लाई पार्टी छाडेर जाने बहाना खोजेका थिए।त्यो वेला उनि माओवादीले क्रान्ति गर्न लाग्यो हामिले साथ दिनुपर्छ भनेर पार्टीलाई माओवादीको पुच्छर बनाउँने खेल खेल्दै हुनुहुन्थ्यो।पछि मसाल बाट फुटेर गएका आज प्रतिगामी खेमामा पनिछन।हिंजो राजतन्त्रको बिरोधमा संघर्ष गर्ने संघियताको बिरोधमा शंघर्ष गर्नेहरू पार्टीलाई छाडेपछी त्यही ठाउंमा पुगेकाछन जुनठाउँको बिरोधमा उनिहरूले मसालमा छंदा शंघर्ष गरेका थिए।
यस्ता कयौं ब्यक्तिहरू जो नियतनै पार्टीलाई छोडेर जान चाहान्छन उनिहरूलाई कसैले रोक्न सक्दैन।पार्टिमा कार्यक्रता नेता साधारण सदस्य जुनसुकैले पनि अहिले फुट्न खोजेका हुन्छन उनिहरूलाई बिचारले बांधने हो बिचार बाट पतन भयपछि केही गर्न सकिदैन।
यस्ता कयौं उधारणहरू हामि सँगछन उनिहरू जसले आज नेतृत्वलाई दक्षिण पनि भनेर बिरोध गरेकाछन उनिहरूले वामपन्थि कसलाई भन्छन?साहेद उन्को नजरमा ओलि वामपन्थि हुँन।उनिहरूको बिचारमा आफुले कम्युनिष्टको वेनर उचाले पछि त्यो मित्र शक्ती कम्युनिष्टका झण्डा उचालेकै भरमा प्रतिगामी शक्ति पनि वाम्पन्थि सके क्रान्तिकारीनै होला उनको बिचारमा।
तर हामिले देशको राजनीतिको मुल्यांकन र अबस्थाको पनि मुल्याङ्कन गरेर बल्ल त्यो ठिक हो वा वेठीक भन्नेकुरा किटाण गरिन्छ।
गत बर्ष २०७८ पौष पाँच भन्दा पहिलेको देशको अबस्था कस्तो थियो।देशमा आफुलाई कम्युनिष्ट भन्नेहरूको झण्डै दुई तिहाई को कम्युनिष्ट भनौदाहरूको बलियो सरकार पनि थियो।त्यो सरकारलाई भारतिय रअ प्रमुख सावन कुमार गोयलको भेट बार्तापछि हाम्रो देशको राजनीतिक अबस्था डांवाडोल भयो।
ओलिले एकपछि आर्को प्रतिगामी पाइला चलाउँन थाले उन्को त्यो कदमलाई रोक्ने कुन हथियार शहि हुन्थ्यो?त्योवेला जुन हतियार थियो त्यसैको उपयोग गरेरनै प्रतिगमन रोक्न प्रथ्यो राजमोले ठिक त्यही गय्रो।
त्यो हाम्रा कतिपय साथि रूलाई पचेन किन मसालले प्रतिकृयावादी सँग एकता गय्रो वामपन्थि यानिकी ओलीसँग एकता गरेन भन्नुभयो।ओली उंहाहरूको नजरमा अंझै पनि कांग्रेस भन्दा वामपन्थि शक्ति देखिन्छ त्यसले जेगरेपनि त्यो ठिक किन कि त्यसले कम्युनिष्टको झण्डा उचालेकोछ।
यँहाहरूको राजनीति भनेको महोन बेद्धेेलाई महान क्रान्तिकारी किन की उन्ले आफुलाई माओवादी बताएकोछन।कसैले आफुलाई के बतायो त्यो आधारमा होइन कुनपार्टीले कुनवेला कुन नीति अपनायो त्यो आधारमा पार्टीको मुल्याङ्कन गर्नुपर्छ।नेकपा मसाल र राजमोलाई उंहाहरूले एमसीसीमा मुछेर बिरोध गर्नु हुन्छ नेकपा मसालका प्रतिनिधि संसद र सडक दुबै ठाउँमा एमसीसीको बिरोधमा लडेको देख्नु हुंदैन किन?नेकपा मसालले गलत नीतिको बिरोध गर्दै आएकोछ भन्नेकुरा उंहाहरूलाई थाहाछैन?मात्र आफुकार्वाहीमा परियो भनेर रूने र गालि गलौच गरेर नेतृत्वलाई सराप्ने गर्न सजिलोछ।अहिले पनि नेकपा मसाल राजमोले साथिहरूलाई सम्मान जनक ब्यबहार गर्दै आएकाछौं त्यो बिर्सेर जे जे भनेपनि यिनले सहन्छन भन्ने मानसिकताको अब कामछैन। तसर्थ साथिहरू चुनाव लड्नुस जित्नुस हार्नुस सके सम्म राजमोलाई हराउँन प्रतिगामीहरूलाई साथ दिनुहोश तर त्यसको परिणाम हामि सबैलाई ब्यहोर्नुपर्नेछ।राजमो र मसाललाई मात्रै ब्यहोर्नु पर्दैन हामि सबै नागरिकलाई ब्यहोर्नु पर्नेछ।

चर्चामा

सम्बन्धित समाचार