• होमपेज
  • समाचार
  • मुद्दा मिलाइ दिन्छु भन्दै घु’स लिइरहेको बेला नेपाल प्रहरीका सई पक्राउ

मुद्दा मिलाइ दिन्छु भन्दै घु’स लिइरहेको बेला नेपाल प्रहरीका सई पक्राउ

  • बुधबार, बैशाख ७, २०७९
मुद्दा मिलाइ दिन्छु भन्दै घु’स लिइरहेको बेला नेपाल प्रहरीका सई पक्राउ

काठमाडौं — बाग्लुङमा ३८ हजार घुस लिइरहेको बेला नेपाल प्रहरीका सई पक्राउ परेका छन्। पक्राउ पर्नेमा गण्डकी प्रदेश विपद् व्यवस्थाप गुल्ममा कार्यरत सई रुपनारायण महतो रहेका छन्।

म्याग्दीका धर्म कुमारी क्षेत्रीसँग पाँचथर स्थायी घर भई हाल बाग्लुङ्मा मेकानिक्सको काम गर्ने रमेश लिम्बुसँगको लेनदेनमा केस मिलाइ दिने भन्दै लिम्बुसँग ३८ हजार रुपैयाँ नगद घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार