आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • शिक्षा
  • एसइइ परीक्षा शुक्रबारदेखि, बाजुरामा पनि पूरा भयाे तयारी

एसइइ परीक्षा शुक्रबारदेखि, बाजुरामा पनि पूरा भयाे तयारी

  • सोमवार, बैशाख ५, २०७९
एसइइ परीक्षा शुक्रबारदेखि, बाजुरामा पनि पूरा भयाे तयारी

बाजुरा — शुक्रबारबाट संचालन हुने एसईई परिक्षा बाजुराबाट ३ हजार दुई सय ६६ परीक्षार्थी सहभागी हुने भएका छन । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।
शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा बाजुरामा १५ परीक्षा केन्द्रमा एसईई परिक्षा संञ्चालन हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ  । परीक्षामा ३ हजार दुई सय ६६ जना बिद्यार्थीहरु सहभागी हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ ।
प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री जिल्लामा पुगिसकेको जिल्ला शिक्षा विकास समन्वय समिति कार्यालयका प्रमुख हर्क बहादुर सिंहले जानकारी दिएका छन ।
नियमिततर्फ ३ हजार १ सय ८८ र ग्रेड वृद्धितर्फ ७८ विद्यार्थी सहभागी हुने कार्यालय प्रमुख सिंहले जनाए । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । बाजुराबाट एसईई परिक्षा परिक्षार्थी मध्ये १ हजार ६ सय ३३ छात्र र १ हजार ५ सय ५५ जना छात्रा रहेकी छन । एसईई परिक्षामा १५ जना केन्द्रध्यक्ष रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार