• होमपेज
  • देश
  • अर्थमन्त्री फेर्ने सम्भावना छैन : प्रचण्ड

अर्थमन्त्री फेर्ने सम्भावना छैन : प्रचण्ड

  • सोमवार, बैशाख ५, २०७९
अर्थमन्त्री फेर्ने सम्भावना छैन : प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए ।

हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि हाल उनी निलम्बित अवस्थामा छन् । गभर्नर निलम्बनको विषयलाई लिएर मन्त्री शर्माको आलोचना भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार