बाजुरा–बडिमालिका नगरपालिका ६ बस्ने बिपन्न परिवारकी छात्रा मनदेवी बडुवाललाई छात्रबृत्ति बाफत नगद रकम सहयोग गरिएको छ । मालिका माध्यामिक बिद्यालय कक्षा ११ मा अध्यनरत मनदेवीलाई बार्षिक बिद्यालय लाग्ने शुल्क २० हजार ४ सय सहयोग गरिएको छ ।
बडिमालिका खबरको समन्वयमा बालवालिका तथा युवा प्रथम ललितरपुरले सहयोग गरेको हो । आर्थिक अभाबमा पठनपाठनमा समस्या भएको भन्ने जानकारी पछि कक्षा ११ को १ बर्ष सम्मको बिद्यालयमा लाग्ने शुल्क सहयोग गरेको बालवालिका तथा युवा प्रथमकी संस्थापक निर्देशक हौसला थापाले वताएकि छन् ।
सहयोग रकम बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल मार्फत उक्त किशोरीलाई सहयोग गरिएको छ । बालवालिका तथा युवा प्रथम नामक संस्थाले सामाजिक सेवामा बिगत लामो समय देखी काम गर्दै आएको छ ।