धनगढी — स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिएका छन्। वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको बताए।
उपचारका लागि पोखरा पठाइएकामध्ये दुईजनाको अवस्था भने गम्भिर रहेको बताइएको छ। मेयर खाँणका अनुसार दुर्घटना हुने गाडीको नम्बर लगायतको विवरण पनि प्राप्त भएको छैन । यस्तै जीप चालक तथा यात्रुहरुको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन्।