बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका एक युवक भारतमा मृत फेला

बाजुराका एक युवक भारतमा मृत फेला

  • शनिबार, बैशाख ३, २०७९
बाजुराका एक युवक भारतमा मृत फेला

बाजुरा — बाजुराका एक युवक भारतमा मृत फेला परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका-१ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।
बाजुराबाट करिब छ महिनाअघि नै श्रीमतीसहित भारत गएका उनी वैशाख १ गते बिहान ९ बजे नदीमा मृत अवस्थामा फेला परेका थिए। कोठाबाट बिहान ५ बजे निस्केका पण्डित ९ बजेसम्म पनि कोठामा नआएपछि उनकी श्रीमती लगायत आफन्तले खोजी गर्दा नजिकैको नदीमा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन्।

मृत फेला परेका उनलाई पुलिसले पौडी जिल्ला अस्पताल लगेको र शुक्रबार पाबुमा अन्तिम सँस्कार गरिएको आफन्त लालचन्द्र पाध्याले बताए।

चर्चामा

सम्बन्धित समाचार