• होमपेज
  • देश
  • जीप दुर्घटना हुँदा हवल्दारसहित ३ प्रहरीको मृत्यु, ६ जना घाइते

जीप दुर्घटना हुँदा हवल्दारसहित ३ प्रहरीको मृत्यु, ६ जना घाइते

  • बुधबार, चैत्र ३०, २०७८
जीप दुर्घटना हुँदा हवल्दारसहित ३ प्रहरीको मृत्यु, ६ जना घाइते

ओखलढुंगा– ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ प्रहरीको मृत्यु भएको छ। बुधबार बिहान मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुर भडारे खोलामा जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी झापाको मेचिनगर नगरपालिका–८ इट्टाभट्टा बस्ने २२ वर्षीय प्रहरी जवान मानिक राजवंशी, सोलु घर भई झापाको मेचीनगर–२ बाहुनडाँडा बस्दै आएका ३६ वर्षीय प्रहरी हवल्दार भूपेन्द्र कार्की र खोटाङ घर भएमन प्रहरी जवान रूपक विष्टको मृत्यु भएको हो।

सो दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए। जसमध्ये ५ जना प्रहरी रहेका छन्। घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाल छन्।

बा१७च १०९४ नम्बरको गाडीमा प्रहरी निरीक्षकसहित ९ जना सोलुखुम्बुबाट प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगर जाँदै थियो। जीप भडारे खोलाबाट १५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक खनालले बताए।दिनेशखबरबाट । 

चर्चामा

सम्बन्धित समाचार