• होमपेज
  • देश
  • सशस्त्र प्रहरीको ११औँ महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

सशस्त्र प्रहरीको ११औँ महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

  • बुधबार, चैत्र ३०, २०७८
सशस्त्र प्रहरीको ११औँ महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

सशस्त्र प्रहरीको ११औँ महानिरीक्षक (आइजिपी) मा पुष्पराम केसी नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरिसके पनि सशस्त्रमा गृहले नियुक्तिपत्र भने पठाएको छैन। उक्त पत्र आएपछि नयाँ प्रहरी महानिरीक्षकलाई स्वागतको कार्यक्रम राखिने सशस्त्र प्रहरीका प्रवक्ता कमलप्रसाद तिउसिनाले बताए।

दुई दिनअघि मात्रै सशस्त्रका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका थिए। उनको अवकाशपछि एआइजी केसी र रामशरण पौडेल महानिरीक्षकका लागि प्रतिस्पर्धामा थिए। वरीयता आधारमा उनलाई मन्त्रिपरिषद्ले आइजिपीमा नियुक्त गरेको गृह मन्त्रालयले जनाएको छ। केसी ०४९ वैशाख १९ मा इन्स्पेक्टरबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए। यद्यपि उनको कार्यकाल भने निकै छोटो हुनेछ। उनले ०७९ वैशाख १८ मा अवकाश पाउनेछन्। खनालले अवकाश पाएपछि केसीले २८ चैतदेखि सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए।

चर्चामा

सम्बन्धित समाचार