मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • हिमालीमा एमालेका अजय मल्ल र काँग्रेसका गोबिन्द्र मल्ल चुनावी मैदानमा

हिमालीमा एमालेका अजय मल्ल र काँग्रेसका गोबिन्द्र मल्ल चुनावी मैदानमा

  • बुधबार, चैत्र ३०, २०७८
हिमालीमा एमालेका अजय मल्ल र काँग्रेसका गोबिन्द्र मल्ल चुनावी मैदानमा

बाजुरा — हिमाली गाउँपालिकामा २०७४ सालको स्थानिय चुनावमा प्रतिश्पर्धा गरेका दुइजना उम्मेद्धवार पुन चुनाव लडने भएका छन् ।  नेकपा एमाले बाट गाउँपालिका अध्यक्षमा अजय मल्ल र नेपाली काँग्रेस बाट गोबिन्द्र बहादुर मल्ल अध्यक्षमा एकल नाम शिफारिस भएका छन् ।
२०७४ सालको स्थानिय चुनावमा एमालेका उम्मेद्धवार अजय मल्ललाई काँग्रेसका उम्मेद्धवार गाबिन्द्र मल्लले हराएका थिए । बिजयी भएका गोबिन्द्र मल्लले १७ सय ७६ र अजय मल्लले १४ सय ७६ मत ल्याएका थिए । हिमालीमा काँग्रेस र एमाले बाट ०७४ मा चुनाव लडेका अनुहार चुनावी मैदानमा जाने भएका छन् ।
अजय मल्ल नेकपा एमाले प्रदेश कमिटि सदस्य हुन्, भने गोबिन्द्र मल्ल काँग्रेस महाधिबेशन प्रतिनिधि हुन् । २०७४ सालको हिमालीको अध्यक्षमा माओवादी बाट लडेका मान बहादुर रोकायाले ३ सय ९६ र नयाँ शक्ति पार्टीका छिङतेवा थापाले २ भोट ल्याएका थिए ।

चर्चामा

सम्बन्धित समाचार