• होमपेज
  • देश
  • एलएलबी प्रवेश परीक्षाका लागि खुल्यो फारम

एलएलबी प्रवेश परीक्षाका लागि खुल्यो फारम

  • बुधबार, चैत्र ३०, २०७८
एलएलबी प्रवेश परीक्षाका लागि खुल्यो फारम

त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ।

शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो।

वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ। एलएलबी पठनपाठन हुने क्याम्पसमा फारम बुझाउन सकिने सूचनामा उल्लेख छ।

फारम र परीक्षाका लागि एक हजार दुई सय लाग्नेछ। त्रिविबाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन्।

प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ।

चर्चामा

सम्बन्धित समाचार