शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाचार
  • २५ हजारको फ्रेन्च फ्राइज, ३० लाखको डेजर्ट !

२५ हजारको फ्रेन्च फ्राइज, ३० लाखको डेजर्ट !

  • मङ्लबार, चैत्र २९, २०७८
२५ हजारको फ्रेन्च फ्राइज, ३० लाखको डेजर्ट !

फ्रेन्च फ्राइज खानका लागि स्वादिलो हुने तर खासै महँगो नहुने परिकार हो । तर एउटा रेष्टुरेन्टले आफूले तयार गरेको फ्रेन्च फ्राइजको मूल्य यति चर्को राखेको छ कि गिनिज बुकमा नाम लेखाएको छ ।

अमेरिकाको न्युर्योकमा रहेको संसारकै महँगो फ्रेन्च फ्राइज तयार गरेको हो । उसले बनाएको फ्रेन्च फ्राइजको एउटा टुक्राको मूल्यमात्रै यतिधेरै छ कि त्यसबाट महँगो होटलमा पूरै परिवारको डिनरको खर्च पुग्दछ ।

यो फ्रेन्च फ्राइजको नाम Creme de la Creme Pomme “rites’ हो । सन् २०२१ मै यसलाई संसारकै महँगो फ्रेन्च फ्राइज घोषित गरिएको छ ।

गिनिज वर्ल्ड रेकर्डस् डटकममा छापिएको एक रिपोर्ट अनुसार न्युयोर्कस्थित Serendipty3 नामक रेष्टुरेनटमा काम गर्ने शो र फ्रेडिक नामक दुईजना शेफले यो फ्रेन्च फ्राइज तयार पारेका हुन्।

यो अनौठो चिज फ्रेन्च फ्राइजको मूल्य २०० डलर राखिएको छ । अर्थात् एक प्लेट फ्रेन्च फ्राइजको मूल्य झण्डै २५ पर्दछ । आखिर यो फ्रेन्च फ्राइजमा के राखिएको छ, जसका कारण यसको मूल्य यस्तो अचाक्ली महँगो भयो ?

यो फ्राइज बनाउनका लागि महँगो तथा उच्च गुणस्तरीय आलुको प्रयोग गरिएको छ । त्यस्तै भिन्टेज २००६ स्याम्पेन, जे ली ब्लांक फ्रेन्च स्याम्पेन भिनेगर, ट्राफल साल्ट, ट्राफल आयल, विशेष खालको चिज, बटरसँगै २४ क्यारेटको खान मिल्ने सुनको धुलो समेत राखिएको छ ।

साथै यसमा जर्सी गाईको शतप्रतिशत घाँस खुवाएर उत्पादित अर्गानिक घ्युकोसमेत प्रयोग गरिएको छ ।

यो विशेष फ्रेन्च फ्राइज खानका लागि विशेष खालको मोर्ने सस पनि तयार गरिएको छ । हजारौं रुपैयाँ पर्ने यो फ्रेन्च फ्राइज कुनै सामान्य प्लेटमा होइन ब्याकरेट क्रिस्टल अरबिस्क प्लेटमा पस्किएर दिइन्छ ।

स्मरण रहोस् न्युयोर्कको यही रेष्टुरेन्टमै सबैभन्दा महँगो डेजर्ट पनि खान पाइन्छ । उक्त डेजर्टको मूल्य २५ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँ पदृछ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार